मानवता खोइ ? बस्ती हटाउने अभियानविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाण्डु-उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियानविरुद्ध युवाहरुले विरोध प्रदर्शन गरेका छन्। शनिबार माइतीघर मण्डला मा भेला भएका युवाहरुले सुकुम्बासी तथा भूमिहीनहरुको उचित व्यवस्थापन नगरी जबरजस्ती हटाइएको भन्दै सरकारको कदमको विरोध गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले सुकुम्बासीहरुको सही व्यवस्थापन गर, खोइ मानवता, डोजरले पुर्‍यो, सुकुम्बासी समस्या असमान वितरण र आर्थिक असमानताको उपज हो, सुकुम्बासी नेपालभित्र पर्छन् कि पर्दैन…