झापामा विद्यालय बस दुर्घटना : १३ विद्यार्थी घाइते, चालक फरार

काठमाण्डु- झापा कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको विद्यालय बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख ४४८२ नम्बरको बस दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गर्दा भित्री सडकखण्डमा मोटरसाइकलसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बसले प्र१–०१–०१३ प ३४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनाका बेला बसमा सवार…