सरकारी अस्पतालमा आज ओपीडी सेवा बन्द नगर्न मन्त्रालयले दियो निर्देशन

काठमाण्डु– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (शुक्रबार) देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। लगातार ३ दिन सार्वजनिक बिदा परेको भन्दै मन्त्रालयले आज सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा‍ समीरकुमार अधिकारीले बिहीबार सूचना निकाल्दै लगातार तीन दिन बिदा हुँदा सेवाग्राहीलाई असुविधा हुने देखिएपछि…