अस्पतालबाट हतकडीसहित भागेका कैदी पक्राउ

काठमाण्डु- काठमाण्डुको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट हतकडीसहित भागेका नख्खु कारागारका कैदी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टाेलीले फरार कैदी भोला बुढाथोकीलाई बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरेको हाे । कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका रामेछाप घर भएका ३८ वर्षीय बुढाथोकीको आँखामा झुसेली कीरा परेर समस्या देखिएपछि…