काठमाण्डु– सरकारले अर्थ मन्त्रालयका ५ सहित २५ सह–सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सहसचिवको सरुवा गरेको हो । अर्थ मन्त्रालयका सहसचिवहरु महेश भट्टराई, सेवन्तक पोखरेल, महेश बराल, मदन दाहाल र सुशील अर्यालको सरुवा भएको हो । सरुवा भएकामध्ये भट्टराई र पोखरेल अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट वक्तव्य…