काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विवाद काठमाण्डुको घण्टी घरसम्म आइपुगेको छ । कलैया उपमहानगरपालिकाको नगर अधिवेशनको परिणाम उल्ट्याइएको विरोधमा कार्यकर्ताले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाहिर नाराबाजीसहित प्रदर्शन गरेका छन् । नगर अधिवेशन अपारदर्शी भएको आरोप प्रदर्शनकारीको छ । कलैयाको नगर अध्यक्षमा उमाशंकर रौनियार १ सय २४ मतसहित विजयी भएका थिए । सपथ खाएर पदभारसमेत ग्रहण…