काठमाण्डु - स्थानीय बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुन १२ सय रुपैयाँले बढेको छ। छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै सोही परिणामको चाँदी ९५ रुपैयाँले बढेर पाँच हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला…