काठमाण्डु – पहिरो झरेर कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको रिडी‐रुद्रबेणी सडक खण्डमा ठूलो पहिरो खसेपछि बुधबार रातिदेखि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रुरुक्षेत्र गाउँपालिका अन्तर्गत रिडी बजारदेखि नजिकै रहेको विष्णुपञ्जरमा बुधबार राति ठूलो चट्टान सहितको पहिरो खसेको छ । पहिरो खसेको जानकारी पाएपछि…