काठमाण्डु– साझा यातायातले आजदेखि काठमाण्डु उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ। आज साँझदेखि पहिलो चरणमा काठमाण्डु उपत्यकाको लगनखेलदेखि बुढानीलकण्ठसम्म, बुुढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टदेखि थानकोटसम्मको रुटमा साझा यातायात मार्फत रात्रिकालिन विद्युतीय बस सेवा सञ्चालनको शुभारम्भ हुँदैछ ।…