सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्गीय मुक्ति, लैङ्गिक समानता र सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी रहेको बताएकी छन् । बिहीबार काठमाण्डुमा आयोजित ‘भूमिगत महिला’ पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले पार्टी निर्माणमा महिलाहरूको विभिन्न भूमिकाहरू हुने उल्लेख गर्दै पुस्तकमा तीमध्ये एउटा पक्षलाई बढी उजागर गरिएको बताइन् । उनले त्यतिबेलाको कठिन परिस्थितिमा पार्टीको विचारलाई…