काठमाण्डु – नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्दामा बिहीबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिएको थियो । बिहीबार भएको सुनुवाइका क्रममा रिट निवेदक अर्थात् शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीहरू र निर्वाचन आयोगको तर्फबाट सरकारी वकिलले आफ्नो बहस पूर्ण गरेका छन् । मुद्दाको…