काठमाण्डु - सरकारले ल्याएको सुशासनका लागि १०० बुँदे कार्ययोजना कार्यान्वयन गर्ने सन्दर्भमा परराष्ट्र मन्त्रालयले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने भएको छ । मन्त्रालयले सरकारको १०० बुँदे कार्ययोजना कार्यान्वयन गर्ने उद्देश्यले हाल अन्य मन्त्रालयको मातहतमा रहेका तीन प्रमुख विभागलाई आफ्नो दायराभित्र ल्याउने तयारी गरेको छ । परराष्ट्र मन्त्री शिशिर खनालले अन्य मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगारी विभाग…