आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुला रहने

काठमाण्डु - सरकार मातहतका कार्यालयहरू सोमबारदेखि बिहान ९ बजे नै खुल्ने भएको छ । कार्यालय बेलुकी ५ बजेसम्म खुला रहने छ । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषदले गरेको निर्णयअनुसार…