काठमाण्डु – चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित नारायणी नदीबाट आईतबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका २ जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुर घर भई बारघरेस्थित मुन लाइट बोडिङ स्कूलमा ७ कक्षामा पढ्ने १३–१४ वर्षका सनम रम्तेल र प्रशान्त क्षेत्री पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । बालकहरू डुबेर बेपत्ता…