कांग्रेसको १५औँ महाधिवेशन भदौ मसान्तमा गर्न प्रस्ताव (कार्यतालिकासहित)

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् । मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले कार्यतालिका प्रस्ताव गरेका हुन् । सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले भदौ अन्तिम हप्ता महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका हुन् । प्रस्तावमा चैतबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तमा सक्ने उल्लेख छ ।…