रुपन्देही - कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना हुनुभएका बुटवल– १ का ४८ वर्षका पुरुषको गएराति ११ बजे…