अर्थमन्त्री वाग्लेलाई एमाले सांसद् राईको प्रश्नः गाउँ छ र गाउँमा मान्छे छन् भन्ने थाहा नहुने तपाईं कसरी विद्वान ?

काठमाण्डू–एमाले सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विद्धतामा प्रश्न उठाएका छन् । आर्थिक वर्ष २०८३/०८४ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा प्रतिनिधिसभामा मंगलबार बोल्दै उनले विद्वान अर्थमन्त्रीको विद्धता बजेटका सिद्धान्त र प्राथमिकतामा नदेखिएको बताए । ‘तपाईं बहुत ‘ट्यालेन्ट’ हुनुहुँुदो रहेछ । ‘ट्यालेन्ट’ पनि हुनुहुँदो रहेछ । तर विद्वान कसरी बनिन्छ ? विद्वानको परिभाषा के हो…