काठमाण्डु– भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको बीउ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले स्थानीय भीमलाल सुवेदीको घरमा आइतबार छापामारी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बीउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । प्रहरीका अनुसार ९४ वटा बोरामा ३ हजार ९२० केजी खर्बुजाको बीउ बरामद…