सुरक्षाकर्मी, अस्पताल र सरकारी कर्मचारीलाई स्वदेशी कपडा अनिवार्य : अर्थमन्त्री खतिवडा

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीले स्वदेशी कपडा अनिवार्य लगाउनुपर्ने नियम बनाउन लागिएको जानकारी दिएका छन् । बिहीबार ‘यार्न एण्ड टेक्सटाइल एक्सपो–२०१९’ को उद्घाटन गर्दैै मन्त्री खतिवडाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन गर्दा बाध्यकारी बनाइने बताए । खतिवडाले अस्पताल, सुरक्षाकर्मी, निजामति कर्मचारीलगायतले लगाउने पोशाकको लागि…