चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

काठमाडौँ - नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी मंगलबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ…