काठमाण्डु – ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर तनावग्रस्त बनेको बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ । बालिका गुलाव खातुनलाई बलात्कारपछि हत्या भएको घटनामा प्रर्दशनकारी र प्रहरीबीच भएको झडपमा मङ्गलबार बर्दिवास–१ का बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो । वार्तामा पीडितलाई क्षतिपुर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने,…