काठमाण्डु – संगठन विस्तारको क्रममा रहेको नेपाल मोबाइल व्यवसायी महासंघले प्रादेशीक समिति गठन प्रकृया अन्तिम चरणमा पुर्याएको छ । देशभरका तीन सयभन्दा बढी मोबाइल व्यवसायी संघहरुको छाता संगठनको रुपमा गठन भएको महासंघले सबै तहमा संगठन विस्तारलाई तीब्रता दिएको हो । हालसम्म बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा समिति गठन गरिसकिएको महासंघका अध्यक्ष भरत भट्टराईले…