धौलीगंगा जलविद्युतको बाँध खोलिने, महाकाली नदीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

दार्चुला – महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेराबाट कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । बाँधको ढोका खोलेपछि महाकाली नदी पानीको सतह बढी हुने भएकोले तटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला…