लहान – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिराहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परि एकजना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी २५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।…