जाजरकोट – जाजरकोटको छेडागाड नगरपालिका–१२, कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुनमाथि विप्लव समूहका कार्यकर्तालाई सहयोग गरेको आरोप लागेको छ । पक्राउ परेका पुनलाई अहिले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ ।