गलकोट - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताएका छन्। बागलुङ जिल्लाको गलकोट नगरपालिकाले बुधबार बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताए। उनले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो…