काठमाडौं – सरकारले विद्युतीय सवारी साधनको आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्क वृद्धि गरिएकोमा १७ जनाले आपत्ति प्रकट गरेका छन् । शुक्रबार विभिन्न क्षेत्रका १७ जना व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले विद्युतीय गाडीको प्रस्तावित महशुल घटाएर पूर्ववत् कायम गर्न अनुरोध गरेका छन् । पेट्रोल–डिजेल गाडी प्रोत्साहित गर्दा विदेशी मुद्रा…