चुनावी सुरक्षाबारे प्रधानमन्त्री कार्कीसामु सुरक्षा निकायका प्रमुखको ‘ब्रिफिङ’

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिएकी छन् । प्रधानमन्त्री कार्कीले वालुवाटारमा सबै सुरक्षा प्रमुखहरूलाई बोलाएर जानकारी लिएकी हुन् । गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर…