अपशब्द र रंगभेदी टिप्पणी गरेकाले प्रनेशविरुद्ध उजुरी निर्देशक चाम्स

काठमाडौं— चलचित्र वीर विक्रम–२ समिक्षा गरेका युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा लिइएका विषय विवादित बनिरहेका बेला चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमविरुद्ध प्रहरीकहाँ गएको बताए। उनले भने,‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द प्रयोग गरेको र…