फोरम नेपालको बैठक सुरु,वाम गठबन्धनसंग सहकार्यबारे छलफल हुंदै

काठमडौं–संघीय समाजवादी फोरम नेपालको आकिस्मक बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागिताबारे छलफल गर्न अध्यक्ष उपेन्द्र यादवले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् बैठकका लागि काठमाडौंबाहिर रहेका नेताहरूलाई पनि मंगलबार बिहानसम्म काठमाडौं आउन भनिएको थियो ।  वाम गठबन्धनसंग अन्तिम सहमति गर्नुअगाडि पार्टीमा छलफल गर्न अध्यक्ष यादवले पदाधिकारी बैठक बोलाएका हुन ।…