काठमाडाैं–पूर्वराजा ज्ञानेन्द्र शाहले निर्वाचनलाई मात्र प्रजातन्त्रको रुपमा व्याख्या नगर्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिएका छन्। दुई साता लामो भारत भ्रमणबाट फर्केको भोलिपल्ट आइतबार वक्तव्य जारी गर्दै शाहले भनेका छन्, ‘ प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुन्न। देशको राष्ट्रियता, राष्ट्रिय एकता, र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर व्यवस्थामात्र प्रजातान्त्रिक…