सशस्त्रका प्रहरी निरीक्षक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषास्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस नक्टाझिजमा कार्यरत अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनामा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारीसाधन रोक्ने र काम गर्न नदिने भन्दै सेवाग्राहीसँग…