कार्यकर्ता चन्दा असुलीमा लागेपछि विप्लवलाई हैरानी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी्भित्र व्यापक आर्थिक अराजकता रहेको बताएका छन् । नेता–कार्यकर्ता ‘चन्दामुखी’ भएको आरोप लागिरहेका बेला चन्द स्वयंले पार्टीभित्र अराजकता मौलाएको स्विकारेका हुन् ।केन्द्रीय समिति बैठकमा पेस गरेको दस्ताबेजमा चन्दले आर्थिक अराजकताको कुरा महत्वका साथ उल्लेख गरेका छन् । उनको दस्ताबेजलाई बैठकले अनुमोदन गरेको थियो । ग्रामीण क्षेत्रको जिम्मेवारी दिइएका…