नेपालगन्ज –मुख्यमन्त्री पदलाई केन्द्रमा राखेर हेर्दा आइतबार मध्याहनसम्म ६ नम्बर प्रदेशको चुनावी राजनीति शान्त थियो । नेपाली कांग्रेसबाट हुम्लाका जिवनबहादुर शाही वा सुर्खेतका तप्तबहादुर विष्ट र वाम गठबन्धनबाट यमलाल कँडेल मध्येबाट प्रदेश ६ मा मुख्यमन्त्री हुने धेरैको आँकलन थियो । आइतबार दिउसो यो प्रदेशको राजनीति एकाएक तरंगित भयो । यसको कारक बने–बिनाबिभागीय मन्त्री महेन्द्रबहादुर…