काठमाडौँ सामुदायिक वनबाट जनताको जीवनस्तरमा सुधार ल्याउने योजनाका साथ सरकारले वन तथा वातावरणका क्षेत्रमा थप नीतिगत प्रष्टताको तयारी गरेको छ । राष्ट्रियसभाको आईतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण मन्त्रालयका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शक्तिबहादुर बस्नेतले समुदायले संरक्षण गरेका वन क्षेत्रलाई कृषि उपज उत्पादन र पर्यटनमा लगाइने तथा प्राप्त प्रतिफल समुदायको हितका…