गोरखा- गोरखाबाट तनहुँको आबुँखैरेनी जाँदै गरेको माइक्रोबस दुर्घटनामा परेको छ । गोरखा यातायातको बा २ ख ४६५८ नम्बरको माइक्रोबस दुर्घटना भएको हो । जिल्लाको गोरखा नगरपालिका–१० टक्सारमा भएको दुर्घटनामा १६ वर्षीया शारदा गौलीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । माइक्रो ब्रेक फेल भएर अनियन्त्रित हुँदा घुम्तिमा रहेको चिलाउने रुखमा ठोकिएर सडकमा पल्टिएको जिल्ला…