पृथ्वीजयन्ती भव्यताका साथ मनाइने, मूल समारोह समिति गठन

काठमाडौं– २९६ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका लागि मूल समारोह समिति गठन गरिएको छ।   नेपाल प्रज्ञा–प्रतिष्ठानले पत्रकार सम्मेलन गरी पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन मूल समारोह समिति गठन गर्नुका साथै भव्यताका साथ मनाउने जनाएको हो।   प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि आफ्नो संयोजकत्वमा नेपाल संगीत…