काठमाडौं– नेपाली सेनाको प्रवक्ता फेरीएका छन् । हालका सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले संयुक्त राष्ट्रसंघको मिसनमा सेक्ट्टर कमाण्डरको नियुक्ती पाएपछि उनको ठाउमा सेनाले नयां प्रवक्ता तोकेको हो । दाहालले तीन महिना मात्र सैनिक प्रवक्ताको जिम्मेवारी सम्हाले भने त्यसअघिका प्रवक्ता हाल उपरथी रहेका झंकर कडायतको एक वर्ष नपुग्दै कामु पृतनापतिको रुपमा सरुवा भएको थियो…