राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को बैठक आह्वान गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।…