काठमाण्डु - थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले थाइ परराष्ट्र मन्त्रालयको दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिनसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूले नेपाल र थाइल्यान्डबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षालगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने…