काठमाण्डु- महानगरपालिकाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल सुरु गरेको छ । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित भएका उनीहरुलाई माध्यमिक शिक्षा परीक्षा (एसईई)सम्मको पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका हुन् । महानगरपालिका, निजी विद्यालयका छाता संगठनहरू (प्याब्सन तथा एन–प्याब्सन) र अभिभावकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार विस्थापित बालबालिकाहरूले सो…