जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले नागरिकता सम्बन्धी गृहमन्त्रालयको पछिल्लो सर्कुलर कार्र्यान्वयनका लागि आदेश जारी गरेको छ। गृह मन्त्रालयले गत चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेर ‘जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा वंशजको आधारमा प्रक्रिया अपनाई दिन’ निर्देशन…