काठमाडौं – नेपालको छिमेकी देश चीनमा केही हप्तायता रहस्यमय भाइरस फैलिएको छ, जसलाई ‘कोरोना भाइरस’ नाम दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित रिपोर्ट अनुसार दुई दिनभित्रै १३९ नयाँ संक्रमितको पहिचान भएको छ । राजधानी बेइजिङ, उहान र सेनजेङ क्षेत्रमा भाइरस बढी फैलिएको छ । श्वासप्रश्वाससँग सम्बन्धित ‘कोरोना भाइरस’बाट तीन जनाको मृत्यु पहिचान भएको चिनियाँ अधिकारीले…