प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा तोकिएन पेशी, २८ गते साधारण तारेख

काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा माघ २८ गतेलाई साधारण तारेख तोकेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत तत्कालीन सांसदहरूले अदालतले छिटो फैसला दिनुपर्ने माग गरिरहेका बेला अदालतले साधारण तारेख दिएको छ । मंगलबार तोकिएको तारेखमा आएका निवेदकलाई सर्वाेच्चले अर्काे साधारण तारेख दिएको हो । यसअघि सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी रिटहरूमाथि…