उपराष्ट्रपति पुन र फ्रान्सका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरले शिष्टाचार भेट गरेका छन् । बिहिबार अपरान्ह उपराष्ट्रपति भवन, ग्रीनहाउसमा फ्रान्सका राजदूत लेगरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उपराष्ट्रपति पुनले नेपाल र फ्रान्सको सम्बन्ध धेरै पुरानो र उत्कृष्ट भएको बताए । उनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ बन्दै…