काठमाडौं– गृहमन्त्रालयले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ। गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले निर्वाचनको सुरक्षाका लागि ६० हजार सुरक्षाकर्मी परिचालन गरिने बताए। ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान परिचालन भइसकेको छ,’ प्रवक्ता सुवेदीले भने, ‘मतदानको दिन ६० हजार सुरक्षाकर्मी परिचालन गरिने छ।’ …