दलालीमार्फत गैरकानूनी रुपमा अमेरिका जानेहरुलाई तत्काल रोक्नुपर्छ :वासुदेव फुलारा

काठमाडौं - संयुक्त राज्य अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले नेपालीहरु गैरकानूनी रुपमा ठूलो धनराशि खर्चिएर अमेरिका जाने कुरालाई तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालीहरु गैरकानुनी रुपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेकोले यसलाई तत्काल समाधान गर्न नेपाल सरकार, सरोकारवाला निकाय…