सहकारी नियमन प्राधिकरणले सोचेजस्तो काम गर्न सकेन : मन्त्री अधिकारी

काठमाण्डु – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले सबैको मागअनुसार सहकारी नियमन प्राधिकरण बने पनि प्राधिकरणले चाहेअनुसार काम गर्न नसकेको बताएका छन् । शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राधिकरणको सुरुआत नहँुदै विरोध सुरु भएकाले काम गर्न नसकेको बताए । उनले भने, ‘सबैको माग अनुसार…