काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगले पठाएको पत्र नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेको छ । आयोगबारे मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आईतबार ब्युरोमा पत्र पठाइएको छ । शनिबार पत्रकार सम्मेलन गरेर प्रसाईंले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन…