काठमाण्डु - तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती शनिबार मनाइँदै छ । एमाले र मदन भण्डारी फाउण्डेशनले शनिबार विविध कार्यक्रम गरी भण्डारीको जन्मजयन्ती मनाउँदैछ । एमाले सम्पर्क समन्वय कमिटीले यस अवसरमा बिहान पदयात्रा गरेको छ । त्रिपुरेश्वरदेखि दशरथरङ्गशालाहुँदै तीनकुनेसम्म पदयात्रा गरिएको हो । यस्तै फाउण्डेशनले राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषयक अन्तक्र्रिया कार्यक्रम…